नुवाकोटमा आजबाट निषेधाज्ञा हट्यो
विदुर खबर
२०८२ भदौ २८ गते ९:२७
नुवाकोट । नुवाकोटमा आजबाट निषेधाज्ञा हटाइएको छ ।

गत सोमबारदेखि काठमाण्डौ उपत्यका लगायत देशभर भएको जेन–जी प्रदर्शन लगायतका घटना पश्चात जिल्ला सुरक्षा समितिले नुवाकोटमा घोषणा गरेको निषेधाज्ञा आज विहानबाट हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले ज्यूबाट शुक्रवार विहानदेखी नुवाकोट जिल्ला भर लागू हुनेगरी जारी गरिएको निषेधाज्ञा आज बिहान ६ बजेदेखी हटाईएको बताइएको छ ।
हिजो राति नागरिक सरकार गठन भइसकेकोले अब सुरक्षा कमाण्ड नयाँ सरकारको जिम्मेवारी भएकोले निषेधाज्ञा हटाइएको विश्वास गरिएको छ ।
जिल्लामा आजबाट सबै व्यवसायहरु खोल्नुका साथै सार्वजनिक यातायात समेत सुचारु भएको छ ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया