नुवाकाेटमा आज दिनभर निषेधाज्ञा: पाँच जनाभन्दा बढी भेला हुन पूर्ण प्रतिबन्ध
नुवाकाेट । नुवाकाेटको शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले शुक्रबार बिहान ६ बजेदेखि शनिवार विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको आदेशअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदङ्गा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोध कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति–सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
यसअघि बिहीबार विहान ६देखि बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्ला भर लागु हुनेगरि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
जिल्लाभर निषेधाज्ञा जारी गरी पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई जुलुस, विरोध प्रदर्शन वा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञाको समयमा अत्याआवश्यक सवारीसाधनहरुलाई भने आवतजावत गर्न रोक नलगाइएको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया