नुवाकाेटका निजी विद्यालयहरू अनिश्चितकालका लागि बन्द

विदुर खबर २०८२ भदौ २६ गते ८:३७

नुवाकाेट । नुवाकाेटका सम्पूर्ण निजि विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

Advertisement

निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन नुवाकाेटले बुधबार एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि सबै विद्यालयहरूकाे पठनपाठन बन्द गर्ने निर्णय गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

अधिकारीले देशको विषम परिस्थिती र जिल्ला प्रशासान कार्यालय नुवाकोटबाट जारि गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै बुधवार वसेको भर्चुअल बैठकको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्म विद्यालय बन्द हुने बताए ।

Advertisement

यसअघि प्याब्सन नुवाकोटले मंगलवार र बुधवार समेत विद्यालय बन्द गराएको थियो ।

यस्तो छ प्याब्सन नुवाकोटको विज्ञप्ती ।

यस्तो छ प्याब्सन नुवाकोटको विज्ञप्ती ।
Advertisement

प्रतिक्रिया