त्रिशुलीमा हामफाल्ने महिलाको पहिचान खुल्यो
विदुर खबर
२०८२ भदौ १६ गते २१:०९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटस्थित त्रिशुली नदीमा हामफालेर बेृपत्ता भएकी महिलाको पहिचान खुलेको छ ।

उनी विदुर नगरपालिका वडा नम्बर ८ खुर्सानी खोलकी ५१ वर्षिय उमादेबि भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमवार साढे ५ बजेतिर जालपादेवि मन्दिरमा पुजा गरेपछि उनी विस्तारै खोलातिर अगाडी बढेकी थिइन् । त्यसपछि अगाडी बढ्ने क्रममा उनलाई खोलाले बगाएको जालपादेवि मन्दिरको सिसिटिभी फुटेजमा देखिएको छ ।
Advertisement
उनको पछ्यौरा र चप्पलमार्फत श्रीमान राम प्रसाद भट्टले शवको पहिचान गरेका छन् । खोलाले बगाएर बेपत्ता भएकी भट्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया