नुवाकोटमा निजी विद्यालय सञ्चालकले निकाले बससहित र्‍याली

विदुर खबर २०८२ भदौ १६ गते १५:०६

नुवाकोट । नुवाकोटमा निजी विद्यालय सञ्चालकहरूले स्कुल बसको र्‍याली निकालेका छन् ।

Advertisement

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।

Advertisement

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा नुवाकोटको विदुर र बट्टार बजार क्षेत्रमा र्‍याली निकालेका हुन् । उनीहरुको प्रदर्शनले अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले सरकारलाई दवाव दिन विरोधका कार्यक्रम आयोजना गरिएको बताए । र्‍याली गगटेबाट बट्टार हूँदै विदुरसम्म पुगेर समापन गरिएको थियो ।

Advertisement

र्‍यालीमा प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारी, विदुर प्याब्सनका अध्यक्ष रामराजा कुमालसहित प्याब्सनका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले आफूहरुले उठाएका माग समबोधन नभए भदौं १८ गतेबाट विद्यालयको चावी सरकारलाई बुझाएर विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

प्याब्सनसहित निजी विद्यालयका सञ्चालकहरु लगातार भदौं ९ गतेदेखि आन्दोलित रहेका छन् ।

प्रतिक्रिया