दुप्चेश्वरकाे सरमथलीमा पहिराे, विद्यालय र घर जाेखिममा

विदुर खबर २०८२ भदौ १६ गते ११:५४

नुवाकाेट । नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ सरमथलीमा रहेकाे गाउँ पहिराेकाे कारण जाेखिममा परेकाे छ ।

Advertisement

लगातारकाे वर्षापिछ गएकाे पहिराेले विद्यालय र दुइ घर समेत जाेखिममा पारेकाे छ । स्थानीयका अनुसार पहिरोले भगवान आधारभूत विद्यालयकाे भवनमा असर गरेको छ। विद्यालयसँगै स्थानिय गोकर्ण थापा र कुमार थापाको घर उच्च जोखिममा परेकाे छ । पहिराेले अन्य घरहरू समेत जोखिममा परेकाे भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन्र ।

पहिरोका कारण सरमथली–हुङ्ग सडक समेत पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै राउतबेशी जाने बाटो समेत बन्द हुँदा स्थानीयवासीलाइ आवतजावतमा समेत समस्या परेकाे छ ।

Advertisement

बस्तीमाथि पहिरो खस्ने डरले स्थानीयहरू त्रासमा रहेका छन्। जोखिम न्यूनीकरणका लागि तत्काल राहत तथा उद्धार कार्यको आवश्यकता रहेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

गाउँनै पहिराेकाे उच्च जाेखिममा रहेकाे भन्दै गाउँपालिकाले अावश्यक समन्वय गर्नुपर्ने स्थानियले माग गरेका छन् ।

Advertisement

यसैविच पहिरो गएको सरमथली क्षेत्रको गाउँपालिकाका अध्यक्ष शंकर थापा नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

अध्यक्ष थापाले पहिरोको कारण अवरुद्ध सडक संचालन गर्न स्काभेटर परिचालन गरिएको बताए । उनले जोखिममा परेका घर र विद्यालयको विषयमा सम्बन्धित निकायमा छलफल गरेर निर्णय गर्ने बताए ।

प्रतिक्रिया