नुवाकोटको गुर्जेमा २२ जना जुवाडे पक्राउ
नुवाकोट । ठुलो परिमाणमा नगदसहित नुवाकोटको गुर्जेमा जुवा खेलिरहेकाहरू पक्राउ परेका छन् ।

प्रहरीले म्याद थप गरेर हिरासतमा राख्ने अनुमति लिएको छ । शिवपुरी गाउँपालिका ६ गुर्जेभन्ज्याङमा रहेको बार्दलीइन होटेलमा नुवाकोटमा जुवा खेलिरहेका २२ जनालाई कौडा र ठुलो परिमाणको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक विक्रम लामाको टोलीले उक्त स्थानमा कौडा खेली रहेको जानकारी पाएपछि छापा मारेको थियो ।लामसहितको प्रहरी टोलीले ६ जना महिला सहित २२ जनालाई ३१ थान कौडा र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई प्रहरीको हिरासतमा राखिएको छ भने उनीहरुहरुलाई कानुन बमोजिम पक्राउ गरी जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको हिरासतमा राख्ने म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी रेग्मीको भनाई छ ।
चाडपर्वसँगै नुवाकोटमा जुवा तास तथा कानुन विपरीतका अन्य खेलहरू भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया