चैनपुरका गणेशलाई विदुर नगरपालिकाको ह्वीलचियर सहयोग

विदुर खबर २०८२ भदौ ६ गते ७:२७

नुवाकोट । विदुर नगरपालिकाले विदुर ६ चैनपुरका गणेश ढकाललाई ह्वीलचियर वितरण गरेको छ ।

Advertisement

बिहिवार नगरप्रमुख राजन श्रेष्ठले नगरपालिकामा शारिरिक रुपमा पूर्ण अशक्त भएका ढकालका परिवारलाई ह्वीलचियर हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले सहायता कार्यक्रम अन्तरगत शारिरिक रुपमा पूर्ण अशक्त भएका व्यक्तिहरुलाई विभिन्न सहयोग गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए । उनले शारिरिक रुपमा अशक्त हुनुभएका नगरबासी विशेष गरेर ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक ह्वीलचियर एंव अन्य सहायता सामाग्रि उपलब्ध गराउदै आइरहेको बताए ।

Advertisement

नगरपालिकाले विशेष रुपमा शारिरिक रुपमा अशक्त भएर हिडडुल गर्न गाह्रो भएका नगरबासीलाई आफ्नो घर आवास क्षेत्रमा आउजाउ गर्न सहज बनाउनका लागी विदुर ह्वीलचियर उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया