नुवाकोट किस्पाङका तामाङ पक्राउ
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर १ भाल्चेका ४८ वर्षिय नाम्केल तामाङ पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा–११, सुकुम्वासी टोलमा त्रिवेणीचोकस्थितमा कोठा भाडामा लिइ नक्कली सुनलाई सक्कली भनेर स्थानीयलाई ठग्दै गरेको अवस्थामा प्रहरीले उनीसहित अन्य तीनजनालाई प्रहरीले मंगलबार राति करिब ६ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्न अन्यमा मकवानपुरगढी गापा–२ बस्ने वर्ष ३४ का किशोर लामागोले, बकैया गापा–८ बस्ने वर्ष ४५ का सूर्यबहादुर नेगी, र वडा–७ बस्ने वर्ष ४४ का सेतेलाल गोङ्बा रहेका छन् ।
उनीहरुको कोठाभित्र फेला पारी खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा सुनजस्तो देखिने पहेंलो धातु ५० थान फेला परेको थियो ।
उक्त धातु आवश्यक परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा जसमध्ये ४९ थान नक्कली रहेको र १ थान (१० ग्राम) मात्र सक्कली सुन रहेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।
सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ । बाँकी ४९ थान सुनजस्तो देखिने पहेंलो धातुका सम्बन्धमा सामानहरु बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ठगी उद्योग कसुर मुद्दामा म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया