शंखादेवि र दर्शनटार सहकारीको विषयमा गाउँपालिकाको नाम जोडनु गलत : अध्यक्ष अधिकारी

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले शंखादेवि मावि र दर्शनटार कृषि सहकारीबारे फैलाइएको विभिन्न आरोपको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले सोमवार एक विज्ञप्ती जारी गर्दै तारकेश्वर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको शंखादेवी माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेको दर्शनटार कृषि सहकारीबारे फैलाइएका विभिन्न आरोप र अफवाहप्रति कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।
शंखादेवी माविको चेक भुक्तानीका सम्बन्धमा हालसम्म गाउँपालिकामा कुनै पनि उजुरी नपरेको तथा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीलाई ध्यानमा राखी हिमालयन बैंक तारकेश्वर शाखालाई पत्र काटेर सो विषयमा जानकारी माग्दा बैंकले चेकमा भएका सबै हस्ताक्षर सक्कली नै रहेको जवाफ दिइसकेको र सो विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले संवैधानिक आयोगमा विचाराधीन रहेको विषयमा अनावश्यक हल्लाबाजी गरी कसैको चरित्र हत्या गर्ने नियोजित दुस्प्रयासको हिस्सा नबन र त्यस प्रकरणमा गाउँपालिकाको कुनै भूमिका नरहने समेत स्पष्ट पारेका छन् ।
अध्यक्ष अधिकारीले दर्शनटार कृषि सहकारीका विषयमा सहकारीका अध्यक्षले नै हल्लामा आएजस्तो कुनै पनि आर्थिक कारोबार नभएको र सहकारीका कर्मचारीबाट अभिव्यक्त भएको भनिएको विषयमा कुनै सत्यता नरहेको भनी सार्वजनिक अभिव्यक्ति दिइसकेको बताए ।
उनले कर्मचारीमाथि अनुसन्धान भइरहेको जानकारीमा आएको र सहकारी संस्थाको आन्तरिक अनुसन्धान र लेखापरीक्षणबाटै सबै विषयको निरुपण हुने र आवश्यक परे गाउँपालिकाले समेत अनुसन्धान गरी आवश्यक कारबाही गरिने जानकारी दिए ।
अधिकारीले गाउँपालिकाका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई जोडेर गरिएको दुस्प्रचारमा कत्ति पनि सत्यता नरहेको र त्यस्तो दुस्प्रचारको पछि नलाग्नु समेत सबै तारकेश्वरवासीमा अनुरोध गरेका छन् ।
यसैबिच हिमालयन बैंक लिमिटेड तारकेश्वर शाखाले विद्यालयको खाता अद्यावधिक गर्दाको दस्तखत र चेकमा रहेको दस्तखत एक आपसमा मेल खाएकोले चेकहरु भुक्तानी भएको जानकारी दिएको छ ।

बैंकले तारकेश्वर गाउँपालिका कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा लाई पत्र लेख्दै बैंकको तारकेश्वर शाखा कार्यालयमा शंखादेवी मा.वि.को नाममा रहेको खाता नं. ०५८०७५८५४ ९००१५ विभिन्न मितिमा विभिन्न चेक नम्बर बाट रकम कारोबार हुदाँको चेकमा रहेको दस्तखत र यस बैकको खाता तहांबाट मिति २०८१।०१।०३ र २०८१।०५।३० गते खाता अद्यावधिक गर्दाको दस्तखत एक आपसमा मेल खाएकोले चेकहरु भुक्तानी भएको व्यहोरा उल्लेख गरेको छ ।
बैंकका शाखा प्रमुख राजुविक्रम खतिवडाले गाउँपालिकालाई पत्र लेख्दै खाता अद्यावधिक गर्दाको दस्तखत एक आपसमा मेल खाएकोले चेकहरु भुक्तानी भएको उल्लेख गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया