पिपलटारमा कारको ठक्करबाट एकजना घाइते
विदुर खबर
२०८२ साउन २५ गते २२:०४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा कारको ठक्करबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ६ गोर्साङका ५७ वर्षीय धन बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।

गंगटेबाट बेलकोटतर्फ गइरहेको कारले सडकको छेउमा हिँडिरहेको तामाङलाई ठक्कर दिएको स्थानियले बताएका छन् ।
कारको लाइट समेत नबलेको र साइट लाइट मात्र बाल्दै हिँड्दा तामाङले कार आएको नै नदेखेको बताइएको छ ।
घाइते तामाङको टाउँकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
र्दुघटनापछि प्रहरीले कार र त्यसका चालक बेलकोटगढीका बद्री बस्नेतलाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया