ईनारपाटीमा खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता शुरु

नुवाकोट । विदुर ६ ईनारपाटीमा खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १३ क्लबहरुको सहभागिता रहेको छ ।
ईनारपाटी (महारानीडिही)को खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौरेश्वर धाम युवा क्लब र विदुर १२ गौरीवेशीले गोलरिहत वरावरी खेलेका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, जिल्ला खेलकुद समितिका अध्यक्ष विजय गुरुङ लगायतले गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्ने आयोजक क्लबका जीवन कुमालले जानकारी दिए । त्यस्तै उपविजेताले ११ हजार एक सय ११ रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष चालिसेले स्थानिय सरकार तथा व्यवसायिक हिसावले आफुले व्यक्तिगत तवरले खेलकुद क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको बताए । उनले न्यु ईनारपार्टी युवा क्लबले निरन्तर फुटवल प्रतियोगिता आयोजना गरिरहेको भन्दै स्थानिय सरकारको तर्फबाट आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले नुवाकोटमा फुटवलको विकास गर्नमा ईनारपार्टीको विशेष भुमिका रहेको भन्दै प्रशंसा गरे । उनले खेलकुद प्रतियोगिता मात्र आयोजना गरेर नहुने भन्दै खेलाडी उत्पादनतिर पनि लाग्नुपर्ने बताए ।

यस्तै नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले फुटवल संघले गर्नुपर्ने काम न्यु ईनारपाटी युवा क्लबले गरिरहेको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै विदुर नगरपालिकाका नगर खेलकुद समितिका सभापति अच्युत महन्तराज गिरीले नगरपालिकाले सधै खेलक्षेत्रलाई प्रोत्साहन गरिरहेकोले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतियोगिताको फाइनल सोमवार हुने छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया