वडाध्यक्ष कायस्थ बेल्चा लिएर सरसफाई गर्दै

विदुर खबर २०८२ साउन २२ गते १२:२४

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ स्थानियसँगै बेल्चा लिएर ससरसफाई गर्न सडकमा निस्किएका छन् ।

Advertisement

आज विहान विदुर नगरपालिका वडा नम्बर २ मा विदुरमा रहेको क्रियापुत्री भवन अघि रहेको यात्रु प्रतिक्षालय सरसफाई गर्न उनी स्थानियसँर्गै बेल्चा लिएर निस्किएका हुन् ।

यात्रु प्रतिक्षालयमा विभिन्न प्रजातिको बुट्यान र अन्य फोहोर हटाउन उनी स्थानियसँगै बेल्चा लिएर निस्किएका हुन् । उनले सस्तो लोकप्रियताका लागि नभई स्थानियहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आफुसरसफाई गर्न बेल्चा लिएर निस्किएको बताए

Advertisement

फोहोरले गर्दा प्रतिक्षालयमा बस्ने अवस्था नै भएन,त्यसैले नगरपालिकाको स्काभेटर र स्थानियहरुसँगै हातेमालो गर्दै सरसफाई गर्न आफु पनि बेल्चा लिएर आएको उनले बताए ।

वडाध्यक्ष कायस्थले धेरै कुरामा अरुको भर पर्नु परेपनि सरसफाई सबैको हाम्रो जिम्मेवारी र कर्तव्य रहेको बताए ।

Advertisement

प्रतिक्रिया