तारकेश्वर गाउँपालिकामा आज शोक विदा

विदुर खबर २०८२ साउन २० गते ८:५९

नुवाकोट । तारकेश्वर गाउँपालिकाले आज शोक विदा दिएको छ ।

Advertisement

वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको शोकमा गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले एक सुचना जारी गर्दै अत्याआवश्यक सेवावाहेक गाउँपालिका र मातहतका सबै कार्यालयहरुमा आज शोक विदा दिइएको जानकारी दिए ।

Advertisement

उनले अध्यक्षको रुपमा रिमालले पुराएको योगदान र समन्वयकारी भुमिका सदासर्वदा पालिकाले सम्झिरहने बताए ।

अध्यक्ष अधिकारीले आज सोमवारको दिनलाई तारकेश्वरले शोकको दिन घोषणा गरेको र सो दिन तारकेश्वर गाउँपालिका स्थित सम्पूर्ण सरकारी कार्यालयहरु एंव सार्वजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजिक विदा दिनुको साथै सरकारी कार्यालयहरुमा आजको दिन राष्ट्रिय झण्डा आधा झुकाउँने निर्णय गरेको समेत जानकारी दिए ।

Advertisement

वडाध्यक्ष रिमालको आज विहान काठमाण्डौको विर अस्पतादमा उपचारको क्रममा ४५ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि मृगौला रोगको उपचार गरिरहेका थिए ।

रिमाल २०७९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया