नुवाकोटको तारकेश्वर–६ का वडाध्यक्ष रिमालको निधन

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ ।

उनको सोमवार विहान काठमाण्डौको विर अस्पतालमा उपचारको क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
उनको ४५ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मृगौला रोगबाट पिडित भएका उनलाई चिकित्सकहरुले आराम गर्न सुझाव दिएपनि वडा कार्यालको काममा खटिरहेका थिए ।
नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य समेत रहेका उनको केही वेरमा तारकेश्वरको बुनेबेशीघाटमा अन्त्यत्ष्टी गरिने नेकपा एमाले नुवाकोटले जानकारी दिएको छ ।
उनी २०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।
यसैविच तारकेश्वर गाउँपालिकाले रिमालको निधनमा आज पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीले एक शोक वक्तव्य जारी गर्दै दुः ख व्यत्त गरेका छन् । उनले रिमालको निधनले गाउँपालिकालाई अपुरणिय क्षति पुगेको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया