अन्तत: मुख्यमन्त्री लामाले दिए राजीनामा
नुवाकोट । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिएको उनले बताए ।
मुख्यमन्त्री लामाले पदभार ग्रहणपछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते नियुक्त भएका लामाले भोलिपल्ट ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।
लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरी केही दिनअघि संसदीय दलको नेताबाट हटाइएको थियो । दलको नेताको हैसियत गुमेपछि लामालाई मुख्यमन्त्रीबाट हट्नुपर्ने दबाब बढेको थियो ।

अब कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया