अन्तत: मुख्यमन्त्री लामाले दिए राजीनामा
नुवाकोट । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिएको उनले बताए ।
मुख्यमन्त्री लामाले पदभार ग्रहणपछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते नियुक्त भएका लामाले भोलिपल्ट ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।
लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरी केही दिनअघि संसदीय दलको नेताबाट हटाइएको थियो । दलको नेताको हैसियत गुमेपछि लामालाई मुख्यमन्त्रीबाट हट्नुपर्ने दबाब बढेको थियो ।

अब कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया