नुवाकोटमा करेन्ट लागेर एक बालिकाको मृत्यु
विदुर खबर
२०८२ साउन १७ गते १६:५२

नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ७ स्थाई घर भई हाल नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० धमले वस्दै आएका विजयरानामगरको ४ वर्षिय छोरी आँचल शर्मा रहेकी छिन् । उनीहरु धमलेस्थित शिब अधिकारीको घरमा बस्दै आएका थिए ।
आज विहान साढे १० बजेतिर घरमा खेल्ने क्रममा मोबाईल चार्ज गर्ने बिजुलीको प्लकमा छुदा करेन्ट लागेर उनी गम्भिर घाईते भएकी थिइन् ।
Advertisement
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया