लौके झरना घुम्न आएका चारजनाको प्रहरीद्धारा उद्दार

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ छहरे खोलामा रहेको लौके झरनामा घुम्न गएका ४ जनाको उद्धार गरिएको छ ।

लौके झरनामा घुम्न गएका ४ जना मानिसहरू खोलामा बाढी आई खोला तर्न नसकेर खोला पारी नै फसेपछि प्रहरीको सहायताले उनीहरुलाई उद्धार गरिएको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोली र अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।
उद्धार गरिनेमा काठमाडौको सातदोबाटो बस्ने लक्ष्मि शिंखडा, नुवाकोटको शिवपुरी गाउँपालिका ८ वस्ने अनिश नेपाली, कृष्ण नेपाली र राजेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

खोलामा बाढी आएपछि खोला तर्न नसकेर उनीहरु अलपत्र परेका थिए । प्रहरीको उद्धारपछि उनीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया