मुख्यमन्त्री लामाले गरे ३ मन्त्री नियुक्त

विदुर खबर २०८२ साउन १५ गते १७:५१

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ३ जना मन्त्री नियुक्त गरेका छन् ।

Advertisement

मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

बागमतीमा कांग्रेसले सम्हालेका ५ मन्त्रीले राजीनमा दिएका थिए । राजीनामासँगै ५ मन्त्रालय मन्त्रीविहीन थिए ।

Advertisement

साउन ९ गते चार जना र १३ गते १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया