त्रिशुलीमा बाढीको सम्भावना, सचेत रहन आग्रह
नुवाकोट । चीनको केरुङमा भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

केरुङमा लगातार भारी वर्षाका भइरहेको भन्दै नुवाकोट प्रशासनले त्रिशूली नदीको बहाव बढ्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।
प्रशासनले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन, साना बालबालिकालाई नदी नजिक नजान दिन, रातको समयमा नदी छेउतिर नजान र जोखिम क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन अपिल गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रसुवाले पनि एक सूचना जारी गर्दै केरुङमा भारी बर्षाका कारण नदीको वहाव बढीरहेकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
यस्तै विदुर नगरपालिकाको कार्यालय , वडा नम्बर १ को कार्यालय र विभिन्न सरोकारवाला निकायहरुले त्रिशूली बजार, सिम चौर, देविघाट बजारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विदुर नगरपालिकाले चीनको केरुङ्गमा भारी बर्षातका कारण ठुलो बाढी आउन सक्ने जानकारी प्राप्त भएको हुँदा विदुर नगरपालिका क्षेत्र भित्रका त्रिशुली नदी किनारा (बेत्रावती,सोले, तुप्चे, भैसे,१ नं पुल, शुभघाट,सिल्ट्याङकी, बिजुरा, इन्द्रेणीचौर, त्रिशूली बजार, ढुङ्गे, सिमचौर, सिचाई, चण्डीपोखरी, बुहुनीबेसी,देविघाट,श्रीखाली,बाँङ्गीवगर, ढोडीनी, मैटारवगर आसपास) मा बसोबास गर्ने बासिन्दालाई सम्भावित जोखिमको आकलन गरि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया