बाँझो जग्गामा व्यवसायिक फुल खेती गर्दै वडा कार्यालय
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ ले वडा परिषरभित्र रहेको बाँझो जग्गामा फुल खेती शुरु गरेको छ ।

सोमवार एक कार्यक्रमको आयोजना गरि उपमेयर प्रभा बोगटी, वडाध्यक्ष लिलानाथ न्यौपाने लगायतले वडा कार्यालय परिषरमा रहेको ३ रोपनी बाँझो जग्गामा दश हजार फुल रोप्नुको साथै वडाभित्र रहेका विद्यालयहरुलाई फुलको विरुवा वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख प्रभा बोगटीले स्थानियस्तरमै उत्पादन भएका बेर्नाहरुको प्रयोगले स्थानियस्तरमै प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइन् । उनले वडाले गरेको पुष्प खेती कार्यक्रमले समग नगरको निति र विकासमा योगदान दिने बताइन् ।

यस्तै वडाध्यक्ष न्यौपानेले वडा कार्यालयको निर्णय अनुसार पहिलो चरणमा वडा कार्यलय परिषरमा फुल रोप्ने काम सम्पन्न भएको र वडा भित्र रहेका विद्यालयहरुलाई विरुवा वितरण गरिएको बताए । यस्तै आगामी दिनमा वडाभित्र जनताहरुको माग र आवश्यकता हेरेरे स्थानियलाई पनि फुलका विरुवा वितरण गरिने बताए ।
वडाध्यक्ष न्यौपानेका अनुसार सौन्दर्यताको लागि वडा भित्र रहेको विद्यालयहरुलाई सयपत्री फुलको बेर्ना समेत वितरण गरिएको छ । चन्द्रज्योती मावि, संस्कृत मावि, च्वाडी पब्लिक मावि, रक्तकाली आधारभुत विध्यालय र गुडविल एकेडेमीलाई फुलको विरुवा वितरण गरिएको छ ।

कार्यक्रममा वडा सचिव शिवहरि गजुरेल, विभिन्न विद्यालयका प्रध्यानाअध्यापक र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया