शिवपुरीको विभिन्न स्थानमा पहिरो, गुर्जे–खोलेगाउँ सडक अवरुद्ध
नुवाकोट । शिवपुरी गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले जनजीवन प्रभावित बनाएको छ ।

वडा नम्बर ४ मा लप्सेस्थित स्थानीय ठाकुर थापाको गोठ समेत पहिरोले बगाएको पुष्टि भएको छ भने घरमा आंशिक क्षति पुर्याएको छ । गोठमा रहेका सामग्री र संरचना पूर्णरूपमा क्षति भएको छ भने पशुचौपायाको भने उद्धार गरिएको छ ।
यसैबीच, गुर्जे-खोलेगाउँ सडकखण्ड अन्तर्गत खोलेगाउँमा गएको पहिरोले राजु लामाको मोटरसाइकल पनि पुरिएको छ। सडकमा ठूलो मात्रामा माटो र ढुंगामाटो थुप्रिएपछि सवारी आवागमन पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन ।
त्यस्तै, मध्यपहाडी लोकमार्ग नजिकै शिवपुरी- ५ मा पर्ने सिलामे जाने चोक नजिकै ठूलो रुख ढल्दा अर्को सिलामे सडकखण्डमा समेत आवागमनमा अवरोध सिर्जना भएको छ ।
स्थानीयवासीहरूका अनुसार राति करिब ११ बजेदेखि पहिरो खस्न थालेपछि सम्पर्क विच्छेद भएको थियो । हालसम्म मानवीय क्षतिको खबर छैन तर थप पहिरोको सम्भावना रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सडक खुलाउने र पहिरो प्रभावित क्षेत्रको जोखिम मूल्याङ्कनका लागि स्थानीय तह र प्रशासनको टोली परिचालन हुने तयारीमा रहेको जनाइएको छ।

अवरुद्ध सडक भने सुचारुका लागि जेसिभी ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया