नुवाकोटका तामाङ नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पक्राउ

नुवाकोट । नक्कली सुन देखाई साढे २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटका एकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका घर भएका २२ वर्षिय सुमन तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रुपैयाँ दरले दिन्छु भन्दै दुई जनालाई ठगी गरेको पाइएको छ ।
ओखलढुंगाका एक व्यक्तिलाई २५ फागुन २०८१ मा भक्तपुरको इबामोरा चोकमा बोलाई १२ लाख ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
त्यसैगरी २७ जेठ २०८२ मा दोलखाका अर्का व्यक्तिलाई भक्तपुरकै पान्डुबजारमा बोलाएरर ९ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरूबाट ठगी गर्न प्रयोग गरिने एक किलो नक्कली सुन पनि बरामद भएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया