ढुङ्गेमा आगालागी हुँदा १० लाख वरावरको क्षति

विदुर खबर २०८२ साउन ८ गते १८:३२

नुवाकोट । नुवाकोटको विदुर १ ढुङ्गेमा बुधवार विहान आगलागी हुँदा १० लाख वरावरको क्षति भएको छ ।

Advertisement

विहान ८ बजेतिर ढुङ्गेमा रहेको श्रेष्ठ होटलमा खाजा बनाउने क्रममा ग्याश लिक भई आगलागी हुँदा १० लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट होटल भित्र रहेको सम्पुर्ण सामानहरु जलेर नष्ट भएको छ भने घरमा समेत आंशिक रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।

Advertisement

आगोलाई प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले जानकारी दिए ।

आगलागीबाट दुईबाट फ्रिज, फर्निचर, पंखा, झ्याल ढोका, रक्सी, कोल्ड ड्रिंक, जस्तापाता आदी गरि १० लाख रुपैयाँ वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीबाट कुनैपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया