जुवातास खेलेको आरोपमा नुवाकोटका एकजना पक्राउ

विदुर खबर २०८२ साउन ५ गते २२:३५

नुवाकोट । जुवातास खेलेको आरोपमा प्रहरीले नुवाकोटका एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय परशुराम श्रेष्ठ छन् ।

उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । ताहचलको एक घरमा जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Advertisement

उनीहरूको साथबाट १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसुपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

प्रतिक्रिया