घलेले भ्रष्ट्राचार पनि गर्दिन, गर्नेलाई पनि छाडदिन भनेपछि आशिका हेरेको हेरै…….

विदुर खबर २०८२ साउन ४ गते २१:३५

नुवाकोट । आफुलाई सामाजिक अभियान्ता नाम दिएर बेतिथिविरुद्ध आवाज उठाउँदै आइरहेकी आशिका तामाङ शनिवार नुवाकोट आएकी थिइन् ।

Advertisement

सुर्यगढी गाउँपालिकामा केही ब्यक्तिले सही काम नभएको भन्ने गुनासो गरेपछि अनुगमन गर्न पुगेकी उनलाई गाउँपालिका अध्यक्ष सन्तवहादुर घलेले सबै वस्तुस्थितिको वारेमा जानकारी गराउँदै जे सत्य छ त्यो लेख्न आग्रह गरे । त्यसपछि घलेले हावाको भरमा र कसैको उक्साहटमा सामाजिक संजालमा नलेख्न आग्रह गर्दै पालिकामा कुनैपनि भष्ट्राचारको नभएको बताए । अहिलेसम्म कुनैपनि भ्रष्ट्राचार नभएको र भए कसैलाई पनि नछान्ने उनले बताए ।

घलेले आफुले कुनैपनि भ्रष्ट्रचार गरेको भेटिए काप्राको रुखमा झुन्डिएर मर्ने बताएपछि आशिका तामाङ हेरेको हेरै भइन् । सबै मानिसहरुको उपस्थितिमा उनले त्यसो बताइरहँदा आशिकाले कुनै जवाफ दिन सकिनन् ।

Advertisement

तामाङले गाउँपालिकाको एक सामूदायिक भवन निर्माणमा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले पनि सामाजिक सञ्जालमार्फत नै हिसाव किताव सार्वजनिक गरेका छन् ।

शनिबार आशिका तामाङसहित केही व्यक्तिहरुले भवन निर्माण भैरहेको स्थानमा पुगेर लाइभ भिडियो सार्वजनिक गर्दै अनियमितताको आरोप लगाएको जानकारी पाए लगत्तै भवन निर्माण स्थलमा पुगेका घलेले भ्रष्टाचार भएको पुष्टि गर्न तामाङसहितको टोलीलाई चुनौती दिएका छन् ।

Advertisement

अध्यक्ष घलेले तामाङसहितका टोलीलाई भ्रष्टाचार भएको भन्ने तथ्यलाई पुष्टि गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत भनेका छन् । यो गाउँपालिका भवन बनाउन नदिन, कयौं पटक अदालतमा मुद्धा , अख्तियारमा मुध्दा , जिल्ला अदालत हुदैं सर्बोच्चसम्म पुगेर टुंगो लागि सकेपछि केही सिप नलागेर फेरी सामान खसालेर यहाँ मन्दिर बनाउने भनी अबरोध सिर्जना सम्म गरियो अहिले त्यतिले नपुगेर सामान लुट्यो भनेर गाउँपालिका अध्यक्ष लाई जिल्ला अदालतमा मुद्दा सम्म दिन पछी परेन । अहिले सम्मका जे जे अभियोग लगाए पनि कुनै तार नलाग्ने भए पछि आषिका तामाङ प्रयोग गरी रहेका छन् ।

घलेले अगाडि भनेका छन्, म मेरो पालिकामा न त आफू भ्रष्टाचार गर्छु न त गरेका हरुलाई छाड्छु, म सानातिना कुराले गल्ने मान्छे होइन, गल्ती गर्नेलाई छाड्दिन । अध्यक्ष घलेले अन्य राजनीतिक पार्टीले आफूलाई बदनमा गराउने प्रयास स्वरुप गरिएको षड्यन्त्र भनेका छन् । उनले कुन पार्टी आफूलाई बद्नाम गराउन लागि परिरहेको छ भन्ने नखुलाएपनि उनको संकेत भने राप्रपा नेतातर्फ केन्द्रीत देखिन्थ्यो ।

यद्यपि उनले एक जना नेताको भने नामै लिएर आरोप लगाएका छन् । माओवादी अध्यक्षलाई प्रश्न गर्दैगर्दा पिटिएका थिए । उनी राप्रपाका नेता हुन् । नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका घलेको राजनीतिक सफलताप्रति गरिएको इष्या भन्दै धेरैले उनको कामप्रति प्रशंसा गरेको भएपनि प्रतिपक्षी दलहरुले भने उनका हरेक कामप्रति किचलो गरिरहेको देखिन्छ ।

आशिका तामाङको यस्ता क्रियाकलापप्रति कांग्रेसका कतिपय नेताहरुले विरोध जनाउँदै सामाजिक सञ्जालमा केही फलोवर्स हुँदैमा जे मनलाग्यो त्यहि बोल्ने प्रवृति मौलाएको भन्दै यस्ता क्रियाकलापप्रति प्रशानसन निरिह बनेको आरोप समेत लगाएका छन् ।

यस्तै नेपाली कांग्रेस सुर्यगढीका सचिव वासु लम्सालले पालिकामा भएका प्रतिपक्ष दलको उक्साहटमा आशिका तामाङलाई प्रयोग गरिएको बताए ।

उनले पालिका अध्यक्ष घललाई दुख दिने नियतले अड्दा अदालतमा समेत मुद्धा दायर गरिएको बताए । अदालतले समेत अध्यक्षले कुनैपनि नराम्रो काम नगरेको भन्दै सफाई दिएपनि कुनै समुह नियोजित रुपमा लागिरहेको लम्सालको तर्क छ ।

भवन निर्माणमा हालसम्म भएको खचृ भन्दे घलेले सार्वजनिक गरेको हिसाव

१ जग खन्ने कार्य – ५९ .४७ घ-मी ।

२ शोलिड्ग कार्य – ६ . ९० घ- मी ।

३ पि – सि – सी – ६ . ० घ- मी ।

४ मेसनरी wall – ६७. ३० घ- मी।

५ पल्म wall – १६.३६ घ- मी।

६ ढलान कार्य – २. ४४ घ-मी ।

७ ढलानको रड – १३६ . ९१ कि . जी ।

८ टहराको जस्ता निकाल्ने कार्य ५७ . ९६ व – मी ।

९ टहराको पर्खाल भत्काउने कार्य ३६ . ४५ घ – मी ।

१० सौचालयको स्याल्प फुटाउने कार्य ०.८७ घ – मी।

११ ग्याभिन कार्य १८ . ५० घ – मी।

१२ ब्याक फिलीड्ग ३०. ३२ घ. मी ।

यसकार्यको प्रगती बिबरण ६४. ३२ % भएको छ ।

यसको भुक्तानी कर बाहेक ९,१२, ५८५ रूपयां भएको छ ।

यसअघिको समाचारमा हेडलाईन अन्यथा भएकोले सच्चाइएको छ ।

प्रतिक्रिया