तादी खोलामा पौडी खेल्ने क्रममा एकजना बेपत्ता
विदुर खबर
२०८२ साउन ३ गते १९:०६

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

शुक्रवार दिउँसो साढे ४ बजे दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ गौडापुलस्थित तादी खोला छेउमा रहेको दहमा पौडी खेल्ने उनी बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ वस्ने १८ वर्षिय उत्सव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम खड्काले जानकारी दिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजी कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया