विदुरमा खानेपानीको अभाव, धारामा लोडसेडिङ

नुवाकोट । बर्खा लागेपछि विदुर नगरपालिका क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ ।

सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भएसँगै पानी वितरण गर्ने संस्था विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले धारामा लोडसेडिङ गर्न थालेको छ
सदरमुकाममा धारामा पानी नखाएपछि मानिसहरुको खानेपानी भर्नको लागि सार्वजनिक धाराहरुमा भिड लाग्ने गरेको छ । बट्टार र विदुरका सार्वजनिक धाराहरुमा पानी भर्न अहिले लाइन लाग्ने गरेको छ ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने पानी फलाखु खोला मुहान बर्खासँगै बगाउने गरेकाले विगत वर्षदेखि नै खानेपानीको समस्या हरेका वर्खाको समयमा हुने गरेको छ ।

यस वर्ष पनि असारदेखि विदुर नगरपालिकाको वडा नम्बर १, २, ४ , ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको खानेपानीमा समस्या सुरु भइसकेको छ ।
विदुर नगर क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट निकालिएको पानी आलो पालोमा वितरण गरिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले विदुर खबरलाई बताए । मुहानमा ग्रेगर आएर थुप्रिएपछि अवरोध हटाएर पानी संचालन गर्न खोजिए पनि संभव नभएको श्रेष्ठले बताए ।

उनले नुवाकोटतर्फबाट डोजर लगेर खन्न संभव नभएपछि रसुवाबाट लैजान खोज्दा त्यताको स्थनियबाट अवरोध आएको जानकारी दिए । खेतमा खोलाको बाढी पस्छ भन्दै रसुवाका स्थानियले खोलामा स्काभेटर लैजान दिएनन्, स्काभेटरले खन्दा ४ घण्टौ पानी वितरण गर्न सकिन्थ्यो त्यो पनि संभव नभएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहयोग मागिएको उनले बताए ।

उनले खोलाले आफ्नो धार परिवर्तन गरेकोले मुहानबाट खानेपानी सन्चालन हुन नसकेको भन्दै भोली सबैको सहभागितामा मर्मत कार्य शुरु गरिने जानकारी दिए ।

बाढीले मुख्य नहरमा गेगर र ढुङ्गा थुप्राएपछि एक महिनादेखि झण्डै ५ हजारभन्दा बढी उपभोत्ताहरुले पानीको अभाव झेलिरहेका छन् । बजार क्षेत्रमा पानीको अभाव कम गर्न वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र बिदुरको डिपबोरिङको खानेपानी अस्थायी रूपमा वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताए ।
वर्षात् लागेपछि पहिराको कारण धारामा पानी आउन छाडेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्साको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएका छन् ।

यस्तै खानेपानीको मुहान अवलोकन गर्न मंगलवार गएका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जनताहरुलाई खानेपानीको अभाव हुन नदिन आफुहरु लागि रहेको बताए । उनले समितिलाई आवश्यक सहयोग र समन्वय आफुहरुले गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिवद्धता जनाए ।
यसैविच विदुर नगरपालिकाको बजार क्षेत्रमा पानीको चरम अभाव भएपछि नगरपालिकाले आफ्नै ट्याङकरबाट निशुल्क पानी वितरण शुरु गरेको छ ।
बजार क्षेत्रमा पानीको अभाव भएपछि मेयर श्रेष्ठले ट्याङकरबाट पिउने पानी वितरण गर्न निर्देशन दिएपछि खानेपानी वितरण शुरु भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया