नुवाकोटको बेलकोटगढीका आशिष चितवनमा मृत भेटिए
विदुर खबर
२०८२ असार ३२ गते १७:१६
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ बेतपानीका एक युवक पूर्वी चितवनको गैडाकोटमा मृत अवस्थामा भेटिएका छन् ।

मृत अवस्थामा भेटिनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का आशिष घिमिरे रहेको बताइएको छ । बाबा एडभेन्चर ट्राभल्र्स एक टुर्स प्रा.लि.को पर्यटकीय बसमा सहचालकका रुपमा काम गर्दै आएका घिमिरे मंगलबार नवलपरासीको गैडाकोट नजिक रहेको चौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरीले बताएको छ ।
उनी केही समयदेखि उक्त गाडीमा सहचालकका रुपमा कार्यरत थिए । मृत्यु भएको दिन उनी चालकसँगको सामान्य विवादपछि गाडी छाडेर हिडेको र त्यसको केही समयपछि मृत भेटिएको प्रहरीले जानकारी दिएको मृततका आफन्तले बताएका छन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया