नुवाकोटका सुन चाँदी व्यवसायीको विरोध प्रदर्शन

विदुर खबर २०८२ असार २५ गते १०:४६

नुवाकोट । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीकाे माग गर्दै नुवाकोटका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।

Advertisement

सुन चाँदी व्यवसायी सङ्घ नुवाकोटले सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै विदुरमा प्रदर्शन गरेका छन् ।

सुन चाँदी व्संयवसायी संघ नुवाकोटका अध्यक्ष भिम बज्राचार्य मिथलेशले उपभोक्तालाई मार पार्ने गरी सरकारले सुनमा विलासिता कर लगाएको बताए । उनले सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागू हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नहुने उल्लेख गरे ।

Advertisement

सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो । बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया