टोखा-छहरे सडकखण्डमा पहिरो, एक घाइते

विदुर खबर २०८२ असार २१ गते १३:३८

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँ स्थित टोखा-छहरे सडकखण्डमा पहिरो खस्दा एक गाडीमा क्षति पुगेको छ भने एक जना यात्री घाइते भएका छन्।

Advertisement

शनिबार बिहान ९:१० बजे काठमाडौँबाट दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको BAD ३७७३ नम्बरको कारमा माथिबाट अचानक पहिरो खसेको हो।

उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका-७ निवासी करिब ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठको हात र काँधमा चोट लागेर सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई तत्काल स्थानीय छहरे मेडिकलमा उपचारका लागि पठाइएको छ।

Advertisement

घटनामा कारमा क्षति पुगेको छ भने पहिरोले सडक अबरुद्ध बनाएको थियो। अहिले बाटो एकतर्फी रूपमा सञ्‍चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया