नुवाकोटका दुईजना जुवाको खालबाट समातिए
विदुर खबर
२०८२ असार १५ गते २१:३३

नुवाकोट । नुवाकोटका दुईजना जुवाको खालबाट समातिएका छन् ।

उनीहरुलाई काठमाण्डौका टोखा नगरपालिका वडा नम्बर १० नवज्योती मार्गमा रहेको एक घरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटका लक्ष्मी न्यौपाने र जसविर तामाङ रहेका छन् । त्यस्तै रसुवाका गोविन्द वहादुर तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरुबाट नगद ५० हजार र ४ बुक तास बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया