रास्वपाको नुवाकोटमा हस्ताक्षर अभियान शुरु

विदुर खबर २०८२ असार १४ गते २१:४४

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पाटीले नुवाकोटमा हस्ताक्षर अभियान शुरुवात गरेको छ ।

Advertisement

रास्वपाले पार्टीले पाटी सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान शुरुवात गरेको हो । रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले शनिबारदेखि हस्ताक्षर अभियान शुरुवात गरिएको बताए ।

गजुरेलका अनुसार पहिलो दिन विदुर नगरपालिका वडा नम्बर १ को ढुङ्गे चोक र विदुर २ बट्टार चोकबाट हस्ताक्षर अभियान शुरुवात गरिएको छ । पहिलो दिन ढुङ्गे चोकबाट ३ सय ३९ र बट्टार चोकबाट ६ सय ९९ गरि एक हजार ३८ ओटा हस्ताक्षर संकलन गरेको गजुरेलको भनाई रहेको छ ।

Advertisement

सभापति गजुरेलले विदुरबाट शुरुवात गरेको अभियान सबै पालिकाहरुमा संकलन गरेर लाखौँ जनताको हस्ताक्षर संकलन गरिने बताए ।

रास्वपा नुवाकोटका नेता कार्यकर्ताहरुले अहिलेको काँग्रेस, एमाले नेतृत्वको सरकार आफ्ना भ्रष्टाचारीलाई जरैदेखि सरक्षण गर्ने अरुका खोजिखोजी प्रतिशोधपूर्ण ढङगले मुद्दा मामिला गर्न उद्यत भएकाले सो अन्याय चिर्ने र सुशासनका लागि सत्ताधारी दलहरुले आफ्नै दलभित्र रहेका भ्रष्टाचार, मानव बस्तरलाई कार्बाहीको चुनौती दिएका छन ।

Advertisement

रास्वपाले अहिलेको सरकारले पाटी सभापतिमाथि गरेको अन्याय जनताले बुझिसकेकाले जनलहर आफुहरुतिरै बढेको दावि गरेको छ ।

प्रतिक्रिया