नुवाकोटमा तीन विद्यार्थीले ल्याए ४ जीपीए
विदुर खबर
२०८२ असार १४ गते ७:०४

नुवाकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा नुवाकोटका तीन विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन् ।

शुक्रवार प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यो वर्ष जिल्लामा ४ जीपीए ल्याउनेको संख्या बढेको हो ।
साधारणतर्फ तीन जनाले ४ जीपीए ल्याएका हुन् । जीपीए ल्याउने विद्यालयमा दुई ओटा सामुदायिक र एक संस्थागत विद्यालयका छन् ।
४ जीपीए ल्याउनेमा किस्पाङ गाउँपालिका वडा नम्बर २ को ज्ञानज्योती माविका वसन्त भट्ट, विदुरको पृथ्वी माविका योगेश्वर आचार्य र बट्टारको अर्किड एकेडेमीका रोहित श्रेष्ठ रहेका छन् ।
चैत ७ गतेदेखि १९ गतेसम्म भएको परीक्षामा नुवाकोटबाट ४ हजार ६ सय १३ जना परीक्षार्थीले एसइई परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख रामचन्द्र ईटनीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया