विदुरको पृथ्वी माविका योगेश्वरले ल्याए जीपीए ४

विदुर खबर २०८२ असार १३ गते २१:५४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको पृथ्वी माविका छात्रले यस वर्ष पनि ४ जीपीए ल्याएका छन् ।

Advertisement

४ जीपीए ल्याउनेमा विदुर नगरपालिका वडा नम्बर २ अशोकवाटीका घर भएका योगेश्वर आचार्य रहेका छन् । शिक्षक रामहरि आचार्यको छोरा समेत रहेका उनी सानै उमेरदेखि मेधावी विद्यार्थी रहदै आएका थिए ।

पृथ्वी माविबाट ९१ जनाले परिक्षा दिएकोमा ए प्लस ५७ जनाले ल्याएका छन् भने ए २८ जना र बि प्लस ५ जनाले पाएका छन् ।

Advertisement

विद्यालयबाट एकजना ननग्रेडेड भएको प्रध्यानाअध्यापक वावुराम लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया