नुवाकोट ककनीमा बाढी घरमा पस्दा एक बेपत्ता

विदुर खबर २०८२ असार १३ गते १३:२९

नुवाकोट । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् ।

Advertisement

ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् ।

बाढीमा परेर उनको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले अनलाइनखबरलाई जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

Advertisement

उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ ।

ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्‍याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको छ ।

Advertisement

बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको डीएसपी लामाले बताए ।

अनलाईन खबरबाट ।

प्रतिक्रिया