विदुर ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

विदुर खबर २०८२ असार १३ गते ६:४२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।

Advertisement

वडा कार्यालयमा आयोजित एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो । विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका छन् । वडाध्यक्ष चालिसेले वडाभित्र बसोवास गर्दै आएका ४ देखि १३ वर्षका सबै बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्नुपूर्व गरिएको घरधुरी सर्वेक्षणका क्रममा वडामा वसोवास गर्दै आएका अपाङ्गता भएका र फरक क्षमता भएका दुई जना बालबालिका विद्यालय वाहिर रहेकोले उनीहरुलाई आफ्नो प्रकृति अनुसारको विद्यालयमा पठाउने निर्णय गरिएपछि वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको वडाध्यक्ष चालिसेले बताए ।

Advertisement

नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गरेको थियो । सोही अनुसार वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

विदुर नगरपालिकाका सम्पुर्ण वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएपछि नगरपालिकालाई समेत अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गर्ने तयारी गरिएको छ ।

Advertisement

कार्यक्रममा नेकपा एमाले नेता समाजसेवि सोमप्रसाद अर्याल, नेपाली कांग्रेस विदुर ६ का इकाई सभापति मधुसुधन थपलिया लगातयले शिक्षाबाट कुनैपनि बालबालिका बन्चित रहन नहुने भन्दै वडा र नगरपालिकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ६ का सदस्य रामचन्द्र पौडेल, सचिव ठाकुर केसी, समाजसेवी टंक केसी लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया