जेष्ठ नागरिक प्रतिष्ठानलाई नुवाकोट सेवा समाज कतारको सहयोग

विदुर खबर २०८२ असार १२ गते ९:२२

नुवाकोट । नुवाकोटबाट रोजगारीको शिलशिलामा कतारमा गएका नेपालीहरुको साझा संस्था नुवाकोट सेवा समाज दोहा कतारले विदुर नगरपालिका वडा नम्बर ५ देबिघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

Advertisement

बुधवार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा नुवाकोट सेवा समाज दोहा कतारका सल्लाहकार प्रकाश तामाङ र सदस्य रामप्रसाद वाग्लेको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानमा रहेका जेष्ठ नागरिकहरुलाई मिष्ठान्न भोजन खुवाउनुका साथै ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

नुवाकोट सेवा समाज दोहा कतारका प्रतिनिधिहरुले प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नुवाकोट सेवा समाज दोहा कतारका प्रतिनिधिहरुले कतारमा विभिन्न सांस्कृति कार्यक्रम गरि बचाएको रकमले प्रतिष्ठानलाई सहयोग उपलब्ध गराएको बताए । उनीहरुले आगामी दिनमा पनि संस्थाको आवश्यकताको पहिचान गरेर सहयोग उपलब्ध गराउने प्रतिवद्धा व्यक्त गरे ।

Advertisement

यस्तै देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष नेपालले प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन यस्ता सहयोगले धेरै सहयोग पुग्ने बताए । उनले समाजको सामाजिक कार्य प्रतिष्ठानलाई सधैँ प्राप्त हुने विश्वास व्यक्त गरे ।

सन् २००६ मा स्थापना भएको नुवाकोट सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको नुवाकोट सेवा समाज दोहा कतारका अध्यक्ष दिपेन्द्र लो घलेले जानकारी दिए । समाजले कोभिड महामारीको समयमा असहाय गरिव व्यक्तिहरुलाई विभिन्न किसिमको सहयोग गरेको थियो ।

Advertisement

नुवाकोट सेवा समाज दोहा कतारमा अहिले झण्डै एकभन्दा बढी व्यक्तिहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया