बट्टारको शुक्रपथ सहकारीका अध्यक्ष र संचालक पक्राउ
नुवाकोट । बचत रकम अपचलनको आरोपमा नुवाकोटको विदुर २ बट्टारमा रहेको शुक्रपथ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र संचालक सदस्यसहित केही कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा संचालक समितिका अध्यक्ष निरहरि उपाध्याय, सदस्य जीवनराज ओझा र शाखा प्रमुख जयवहादुर थापासहित केही कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।
बचतकर्ताहरुले तत्काल आफुहरुको बचत रकम फिर्ता गर्नुपर्ने माग राखेपछि संचालक समितिका अध्यक्ष, सदस्य तथा शाखा प्रमुखले केही जवाफ दिन सकेनन् । उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्न केही समय लाग्ने र त्यसको लागि केही समय दिन माग गरेपछि बचतकर्ताहरु आक्रोशित भएका थिए ।

शहकारीले अहिलेसम्म जिल्लामा झण्डै ४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरि झण्डै २ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको संचालक समितिका अध्यक्ष उपाध्यायले बताए । उनले बचतकर्ताहरुको रकम जसरी पनि फिर्ता गर्ने भन्दै आफुहरुलाई केही समय दिन माग गरेका थिए । उनले काठमाण्डौका केही शाखामा समेत समस्या देखिएकोले निक्षेप फिर्ता गर्न समस्या भएको बताए । उपाध्ययले शहकारीले जग्गामा लगानी गरेको र निक्षेपकर्तालाई त्यही जग्गा दिने वा बेचेर रकम फिर्ता गर्न आफुहरु तयार रहेको बताए ।
यस्तै शाखा प्रमुख जय वहादुर थापाले सहकारीमा लामो समयदेखि समस्या देखिएपनि संचालक समितिका पदाधिकारीको दवावमा आफुले काम गरिरहेको बताए । उनले पछिल्लो समय सहकारीमा समस्या देखिएपछि पछि १५ जनाबाट कर्मचारी पनि ५ जनामा झारिएको उल्लेख गरे ।

आईतवार विहानैदेखि बजारमा सहकारी भाग्न खोजेको हल्ला फैलिएपछि बचतकर्ताहरुले सहकारीको भवन भरिएको थियो । उनीहरुले आफुहरुका रकम फिर्ता गर्न नसकेर कर्मचारीहरु भाग्न खोजेपछिे नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । सहकारीका कर्मचारीहरुलाई विहानैदेखि बचतकर्ताले केरकार गर्न शुरु गरेपछि संचालक समितिका अध्यक्ष निरहरि उपाध्याय र सदस्य जीवनराज ओझालाई फोन गरेर बोलाएका थिए ।
सहकारीमा सामान्य अवस्था होला भन्ने सोचेर आएका अध्यक्ष र सदस्य जव समस्यामा परे तव उनीहरु बचतकर्ताको घेराउमा परे । बचतकर्ताले अन्य संचालन समितिका सदस्यसहित प्रमुख कार्यकारी अधिकृतलाई बोलाउन माग गरेपछि उनीहरु थव दवावमा परेका थिए । तर संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्ट आउँछु भन्दै नआएपछि बचतकर्ता थप आक्रोशित भएका थिए ।
पछि वडा नम्बर २ का वडासदस्यको रोहवरमा उनीहरुलाई पक्राउ गरि हिरासतमा लिगएको छ भने सहकारीको कार्यालयमा प्रहरीले शिल गरेको छ ।

सहकारीमा झण्र्डै एक हजार जना सदस्यले ५ सय रुयैयाँदेखि ५० हजार रुपैयाँसम्मको रमक बचत गरेका छन् । उनीहरुले आफ्नो बचत रकम तत्काल फिर्ता गर्ने वातावरण बनाइदिन सरोकारवालाहरुसँग माग गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै
आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार





प्रतिक्रिया