ब्यारेक खोल्सामा मोटरसाईकल र्दुघटना हुँदा तीनजना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित ब्यारेक खोल्सामा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।

बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२०३३ प ९८०१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको बा ६० प ५८२९ नम्बरको मोटरसाईकल .एक–आपसमा ठक्कर खाएका हुन् ।
र्दुघटनामा घाइते हुनेहरुमा नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर २ का २७ वर्षिय हेमन्त तामाङ, र म्यागङकै ३२ वर्षिय टेकराज घले रहेका छन् भने ललितपुर महालक्षमी नगरपालिका वडा नम्बर ६ बस्ने अनिस खड्का रहेका छन् । तामाङ र खड्काको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घलेको भने टाउको र अनुहारमा गम्भीर चोट लागेकोले उनलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
दुर्घटनामा परेकादुबै मोटरसाईकलको अगाडीको भाग पुर्ण रुपमा क्षती पुगेको छ भने दुबै मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया