ब्यारेक खोल्सामा मोटरसाईकल र्दुघटना हुँदा तीनजना घाइते

विदुर खबर २०८२ असार ८ गते १३:५७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित ब्यारेक खोल्सामा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।

Advertisement

बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२०३३ प ९८०१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको बा ६० प ५८२९ नम्बरको मोटरसाईकल .एक–आपसमा ठक्कर खाएका हुन् ।

र्दुघटनामा घाइते हुनेहरुमा नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर २ का २७ वर्षिय हेमन्त तामाङ, र म्यागङकै ३२ वर्षिय टेकराज घले रहेका छन् भने ललितपुर महालक्षमी नगरपालिका वडा नम्बर ६ बस्ने अनिस खड्का रहेका छन् । तामाङ र खड्काको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

घलेको भने टाउको र अनुहारमा गम्भीर चोट लागेकोले उनलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

दुर्घटनामा परेकादुबै मोटरसाईकलको अगाडीको भाग पुर्ण रुपमा क्षती पुगेको छ भने दुबै मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।

Advertisement

प्रतिक्रिया