विदुर–१ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।
विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका छन् ।
वडाध्यक्ष रन्जितले सो वडाभित्र बसोवास गर्दै आएका ४ देखि १३ वर्षका सबै बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए ।
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्नुपूर्व गरिएको घरधुरी सर्वेक्षणका क्रममा वडामा वसोवास गर्दै आएका म्यागङ गाउँपालिकाका तीन जना बालबालिका विद्यालय वाहिर रहेको भेटिएपछि उनीहरुलाई त्रिभुवन त्रिशुली माविम भर्ना गरेपछि वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको वडाध्यक्ष रन्जितले बताए ।

नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गरेको थियो । सोही अनुसार वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

विदुर नगरपालिकाका सम्पुर्ण वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएपछि आगामी असार १० गते विदुर नगरपालिकालाई समेत अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गर्ने तयारी गरिएको छ ।
वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया