नुवाकोटको बेलकोटगढीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विदुर खबर २०८२ असार ५ गते १९:३१

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय शंकर मान श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कल्चेडीभिर स्थित गल्छी–त्रिशुली सडकखण्डमा ना ६ ख १०६० नम्बरको ट्रक र सोही दिशातर्फबाट आइरहेको बा.प्र.०२–०२९ प १६४२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल श्रेष्ठ गम्भिर घाईते भएका थिए ।

Advertisement

गम्भीर घाइते भएका उनको उपचारको क्रममा बि एण्ड बि अस्पताल ललितपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया