नुवाकोटमा ईभी माईक्रोको सर्भिसिङ्ग सेन्टर खुल्दै

विदुर खबर २०८२ असार ५ गते ८:५७

नुवाकोट । नुवाकोटमा पहिलो पटक ईभी माईक्रोको सर्भिसिङ्ग सेन्टर खुल्न लागेको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली वसपार्क नजिक सर्भिस सेन्टर खुल्न लागको हो । जिल्लामा ईभी माईक्रोको सेवा शुरु गरेको टिमुरे यातायात प्रालिले अब नुवाकोट ई. सर्भिसिङ्ग सेन्टर प्रालि मार्फत सर्भिसिङ्गको सेवा समेत बिस्तार गर्न लागेको हो ।

जिल्लामा शुरु देखिनै आफ्नै चार्जिङ्ग स्टेसन राखेर सेवा बिस्तार गर्दै आएको टिमुरे यातायात प्रालिले व्यवशायीहरुलाई थप विस्वस्त तुल्याउन सिजी क्म्पनिको अथोराईज प्राप्त गर्ने गरि, दक्ष प्राबिधिक जनशक्ति मार्फत सेवा शुरु गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

Advertisement

सर्भिसिङ्ग सेन्टरको सेवाबाट व्यवसायीहरुले सवारी साधानको सामान्य मर्मत गर्नुपर्दा समेत काठमाडौमा नै पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भने समय र पैसाको समेत बचत हुने अपेक्षा गरिएको छ ।

कुनैपनि मध्यम तथा ठुला समस्या पर्दा अन्य सर्भिसिङ्ग सेन्टरको जस्तो व्यवशायिले शुरुमा नै पैसा जम्मा गर्नुपर्ने अबस्था टिमुरे यातायात प्रालिका व्यवशायीहरुलाई नरहने तथा बिमा कम्पनी मार्फत भुक्तानी प्राप्त भएपछी नपुग रकम मात्र जम्मा गर्नुपर्ने व्यवस्था मिलाइने जोशीको भनाई रहेको छ ।

Advertisement

उनले यसबाट व्यवसायीहरुलाई राहत मिल्ने समेत बताए ।

टिमुरे यातायात प्रालिले नुवाकोट रसुवा र धादिङसहितका विभिन्न स्थानमा अहिले ६५ वटा माईक्रो बाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया