गेर्खुको दुधेलामा कालिकाको नगरपालिकाको टिमद्धारा अवलोकन
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेको दुधेलामा गढीको (दुधेलामा कालिका) विदुर नगरपालिकाको टिमले अवलोकन गरेको छ ।

नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेल, विभिन्न शाखाका शाखा प्रमुख तथा प्राविधिकसहितको टोलीले एतिहासिक गढीको अवलोकन गरेको हो ।
विदुर नगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको कार्यक्रममा दुधेलामा कालिका मन्दिरसहितका स्थानमा संघ, प्रदेश र स्थानिय सरकारको लगानीमा निर्माण भइरहेको पदमार्गहरुको स्थलगत अवलोकन गर्नुको साथै पर्यटन प्रर्वद्धन गर्न स्थानिय सरकारले गर्नुपर्ने कामको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दुधेलामा, कालिका सहियत यस आसपासमा रहेका ऐतिहासिक गढीहरुको संरक्षण र प्रर्वद्धन गर्न नगरपालिका प्रतिवद्ध भएर लागिरहेको बताए । उनले दुधेलामा, कालिका सहित ऐतिहासिक स्थलहरुको लागि नगरापलिकाले निर्माण गरेको डिपिआर अनुसार आगामी आर्थिक वर्षको लागी बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षदेखि सम्पदा शाखा स्थापना गरेर संस्कृति र सम्पदाको क्षेत्रमा काम गर्ने बताए ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले नगरपालिकाले धर्म, सम्पदा र पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन र सम्र्वद्धनको लागि नगरपालिकाले काम गरिरहेको बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नमबर १ का वडाध्यक्ष लेनिन रन्जितले नगरपालिकाको सबै टिम मिलेर दुधेलामा मन्दिरमा आवश्यकताको पहिचान गरेर बजेट विनियोजन गर्न तयार रहेको बताए ।

यस्तै विदुर ११ का वडाध्यक्ष बाबुराम तामाङले यस पटक केन्द्र र प्रदेश सरकारबाट मन्दिर क्षेत्रमा बजेट बिनियोजन नभएको भन्दै नगरपालिकाले एक करोडभन्दा बढी बजेट बिनियोजन गर्नुपर्ने माग गरे । उनले दुधेलामा कालिकासहित दुधेगढी, जितगढी, चन्द्रगढी, विजयगढी र सुर्यगढी क्षेत्रको विकास भए पर्यटन प्रर्वद्धन हुनुको साथै स्थानियले मनग्ये रोजगारी पाउने बताए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, स्थानियवासीहरु, राजनीतिक दलका नेताहरुको साथै सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया