गेर्खुको दुधेलामा कालिकाको नगरपालिकाको टिमद्धारा अवलोकन

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेको दुधेलामा गढीको (दुधेलामा कालिका) विदुर नगरपालिकाको टिमले अवलोकन गरेको छ ।

नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेल, विभिन्न शाखाका शाखा प्रमुख तथा प्राविधिकसहितको टोलीले एतिहासिक गढीको अवलोकन गरेको हो ।
विदुर नगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको कार्यक्रममा दुधेलामा कालिका मन्दिरसहितका स्थानमा संघ, प्रदेश र स्थानिय सरकारको लगानीमा निर्माण भइरहेको पदमार्गहरुको स्थलगत अवलोकन गर्नुको साथै पर्यटन प्रर्वद्धन गर्न स्थानिय सरकारले गर्नुपर्ने कामको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दुधेलामा, कालिका सहियत यस आसपासमा रहेका ऐतिहासिक गढीहरुको संरक्षण र प्रर्वद्धन गर्न नगरपालिका प्रतिवद्ध भएर लागिरहेको बताए । उनले दुधेलामा, कालिका सहित ऐतिहासिक स्थलहरुको लागि नगरापलिकाले निर्माण गरेको डिपिआर अनुसार आगामी आर्थिक वर्षको लागी बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षदेखि सम्पदा शाखा स्थापना गरेर संस्कृति र सम्पदाको क्षेत्रमा काम गर्ने बताए ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले नगरपालिकाले धर्म, सम्पदा र पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन र सम्र्वद्धनको लागि नगरपालिकाले काम गरिरहेको बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नमबर १ का वडाध्यक्ष लेनिन रन्जितले नगरपालिकाको सबै टिम मिलेर दुधेलामा मन्दिरमा आवश्यकताको पहिचान गरेर बजेट विनियोजन गर्न तयार रहेको बताए ।

यस्तै विदुर ११ का वडाध्यक्ष बाबुराम तामाङले यस पटक केन्द्र र प्रदेश सरकारबाट मन्दिर क्षेत्रमा बजेट बिनियोजन नभएको भन्दै नगरपालिकाले एक करोडभन्दा बढी बजेट बिनियोजन गर्नुपर्ने माग गरे । उनले दुधेलामा कालिकासहित दुधेगढी, जितगढी, चन्द्रगढी, विजयगढी र सुर्यगढी क्षेत्रको विकास भए पर्यटन प्रर्वद्धन हुनुको साथै स्थानियले मनग्ये रोजगारी पाउने बताए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, स्थानियवासीहरु, राजनीतिक दलका नेताहरुको साथै सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया