विदुरकी तामाङ काठमाण्डौंमा पक्राउ

विदुर खबर २०८२ जेठ ३१ गते २१:२९

नुवाकोट । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने ४६ वर्षकी चन्द्र कुमारी तामाङ रहेकी छिन् ।

क्रोएसिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई जेठ २९ गते बिहीबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताए ।

Advertisement

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको आचार्यले बताए ।

प्रतिक्रिया