विदुरकी तामाङ काठमाण्डौंमा पक्राउ
विदुर खबर
२०८२ जेठ ३० गते २१:२९
नुवाकोट । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने ४६ वर्षकी चन्द्र कुमारी तामाङ रहेकी छिन् ।
क्रोएसिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई जेठ २९ गते बिहीबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताए ।
थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको आचार्यले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया