विदुरका मानन्धर ५० लाख ठगी गरेको आरोपमा पक्राउ
विदुर खबर
२०८२ जेठ ३१ गते १९:२१

नुवाकोट । अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।
मानन्धरले तीन जना पीडितबाट ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
Advertisement
रकम लिएर लामो समय फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए।
मानन्धरविरुद्ध ३५ लाख ६९ हजार बिगोको मुद्दा वैदेशिक रोजगार विभागमा छ। यस्तै, १८ लाख २४ हजार रुपैयाँ ठगी मुद्दामा मानन्धरविरुद्ध पक्राउ पुर्जी जारी छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया