नुवाकोटको बेलकोटगढीका दाहाल पक्राउ

विदुर खबर २०८२ जेठ ३० गते २१:१५

नुवाकोट । ५७ लाख बराबरको ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले नुवाकोटका एकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अर्जुन दाहाल छन् भने अर्का एक जनामा भारतको बिहार सितामढीका ४३ वर्षीय अमितकुमार रको छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले ५६ लाख ९६ हजार ५९७ रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघातको कसुर गरेको आरोप छ ।
उनीहरूविरुद्ध २८ जेठ २०८१ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया