नुवाकोट शिवपुरीकी सर्मिला एक सातादेखि बेपत्ता

विदुर खबर २०८२ जेठ २८ गते ११:५०

नुवाकोट । नुवाकोटको शिवपुरीकी एक महिला एक सातादेखि बेपत्ता भएकी छिन् ।

Advertisement

शिवपुरी गाउँपालिका वडा नम्बर ६, खोलेगाउँकी २७ वर्षीया सर्मिला श्रेष्ठ परियार यही जेठ १५ गते बेपत्ता भएकी हुन् । खेतमा काम गर्न जाने भन्दै घरबाट निस्केकी उनी त्यसपछि हालसम्म सम्पर्कविहीन भएकी हुन् । ।

उनी हराए लगत्तै परिवारजनले स्थानीय प्रहरी प्रशासनमा निवेदन दिँदै खोजी कार्य अघि बढाउन अनुरोध गरेका छन्। सर्मिला अचानक सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ ।

Advertisement

उनका एक दुधे बालक र एक छोरी आमाको पर्खाइमा बिचल्लीमा रहेका छन् । पीडामा रहेका परिवारजनले सर्मिलालाई देख्ने वा जानकारी हुने जो कसैले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया