सगरमाथाको टेकेका सिपवहादुरलाई सम्मान
नुवाकोट । सगरमाथाको सिर टेकेका नुवाकोटको साल्मेका सिपवहादुर तामाङलाई सम्मान गरिएको छ ।

उनको आरोहण निरन्तरताको कामनासहित सम्मान गरिएको हो । तीन साता अगाडि विश्वकै सबैभन्दा अग्लो स्थान सगरमाथा हिमालको सिरमा पुगेर सफलतापुर्वक आरोहण गरेकोमा किस्पाङ गाउंपालिका ४ साल्मेका २६ वर्षिय सिपवहादुर तामाङलाई माओवादी केन्द्रको नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिले सम्मान गरेको हो ।
कार्यक्रमकावीच उनलाई आरोहणमा थप उर्जा पैदा गराउने उद्धेश्यले सम्मान गरिएको समितिका सचिव कृष्ण घ्याचोतामाङको भनाई छ । साल्मेका सिपवहादुरले यहि जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथको सफल आरोहण गरेका थिए । उनलाई सम्मान तथा वधाइको ओइरो लागिरहेको छ ।
तामाङले पहिलो पटक सगरमाथाको आरोहण गरेका हुन् । केहि वर्षदेखि गाइडको रुपमा कार्यरत तामाङले सफलतापुर्वक सगरमाथाको आरोहण गरेका हुन् ।
सिपवहादुरले सगरमाथाको शिखर टेकेर विश्वसामु किस्पाङ र नुवाकोटलाई चिनाएको र किस्पाङ गापा र साल्मे गाउंवासीको तर्फवाट विशेष सम्मानको तयारी गरिएको स्थानीयवासीले वताए । उनलाई अन्य संघसंस्थालेसमेत सम्मान गर्ने तयारी गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया