विदुर नगर स्वास्थ्य स्वयंसेविकाको अध्यक्षमा पुनः न्यौपाने

नुवाकोट । विदुर नगरपालिका नगर सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको अध्यक्षमा पुन रमा न्यौपाने चयन भएकी छिन् ।

शनिवार विदुरमा भएको दोस्रो अधिवेशनले न्यौपानेको नेतृत्वमा १४ सदस्यीय कार्य समिति निर्विरोध रुपमा चयन गरेको हो ।
विदर नगर सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको उपाध्यक्षमा चोतकुमारी बडाल, सचिवमा सावित्री महत थापा र सह–सचिवमा भवानी पाठक निर्वाचित भएका छन् ।
यस्तै समितिको सदस्यमा उमा मल्ल, रिता आचार्य, सावित्री केसी ओझा, कमला आलेमगर, ईश्वरी प्याकुरेल, सावित्री तामाङ, करिना नेपाल, राधिका बस्नेत, पुण्य श्रेष्ठ र सृजना नेपाल थपलिया रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले संगठनलाई व्यवस्थित, चलयमान बनाउन विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रम गरिने प्रतिबद्धता ब्यक्त गरिन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिका मेयर राजन श्रेष्ठले स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम र दक्ष बनाउन नगरपालिका तयार रहेको बताए । उनले आवश्यकताको पहिचान गरेर नगरले स्वयंसेविकाहरुलाई विशेष सुविधा दिन सकिने बताए ।

यस्तै कार्यक्रममा उपमेयर प्रभा बोगटीले स्वयंसेविकाहरुले खेलेको भुमिका उल्लेखनिय रहेको बताइन् । उनले स्वयंसेविकाहरुले उठाएको सेवा सुविधाको मागहरुलाई स्रोतको अभावले तत्काल सम्बोधन गर्न नसक्ने समेत प्रष्ट पारिन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ्य, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने लगायतले नगर स्वयंसेविकाहरुको अथक प्रयासले नगरपालिकाभित्रका सम्पुर्ण स्वास्थ्यस्थिति राम्रो रहेको बताए । उनीहरुले स्वयंसेविकाहरुको योगदानको नगरपालिकाले सधैँ कदर गर्ने बताए ।

कार्यक्रममा स्वयंसेविकाहरुले आफुहरुको सेवा सुविधा कम रहेको भन्दै त्यसलाई बढाउन नगरपालिका समक्ष माग गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया